डा. गोविन्द केसी १४ आैँ अनसनमा : प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

डा. गोविन्द केसी १४ आैँ अनसनमा : प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप –

काठमाडौं, २४ पुस । त्रिवि शिक्षण अस्पतालका बरिष्ठ डाक्टर गोविन्द केसी पाँच बुँदे माग राख्दै १४ आैँ पटक अनसनमा बसेका छन् । सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डाक्टर शशि शर्मालाई पुनर्वहाली गरेको भन्दै डाक्टर केसी अनसनमा बसेका हुन् ।

डाक्टर केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन् । यस्तै उनले चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने र शशी शर्मालाई बर्खास्त गर्नु पर्ने माग पनि अघि सारेका छन् ।

डाक्टर केसीले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर अपरान्ह ४ बजेबाट अनसन बसेका हुन् । पत्रकार सम्मेलनमा डाक्टर केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप समेत लगाएका छन् । आइतवार प्रधानन्यायाधीश पराजुलीको इजलासले शर्मालाई डीनमा पुनर्वहाली गर्न आदेश दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);