शीतलहर प्रभावित क्षेत्रमा विशेष राहतकाे व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

शीतलहर प्रभावित क्षेत्रमा विशेष राहतकाे व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन

deuba

काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लामा सरकारले विशेष राहतको व्यवस्था गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बालुवाटारस्थित आफ्नै निवासमा पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै शीत लहर प्रभावित जिल्लामा विशेष राहतको व्यवस्था गर्न लागेको बताएका हुन् ।

नेपाल बिद्यार्थी संघले चिसोका कारण प्रभावितहरुका लागि तुरुन्त राहतको व्यवस्था गरिनुपर्ने, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनुपर्ने, युवाहरुलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्ने, सातवटै प्रदेशमा प्राविधिक उच्च शिक्षालयको स्थापना गरिनुपर्ने लगायत माग गरेको छ । नेपाल विद्यार्थी संघले माग पूरा गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

ताजा समाचार