सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

lekha samiti-security press

काठमाडौं, १७ जेठ । सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताउनुभएको हो ।

उहाँले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताउनु भयो । उहाँले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रश्ताव गर्नुस् । समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर दुवैको भएको के हो भन्ने बारेमा जानकारी लिन्छ । कुनैपनि पक्षलाई कुनै रिसिबिले कसै एकप्रति मात्रै हेर्ने भन्ने हुँदैन । समिति जुनसुकै बेला खेलेर छलफल गर्नसकिन्छ । कसैलाई आग्रह वा पूर्वाग्रह गर्ने भन्ने हुँदैन ।’

उहाँले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताउनु भयो । उहाँले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);