सुनैसुनले ढाकिएको आफ्नो फोटोमा ओलीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनैसुनले ढाकिएको आफ्नो फोटोमा ओलीको गुनासो

काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नुभएको छ ।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि पटकपटक बताउनु भयो । उहाँले त्यो सत्यलाई बग्यांएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनु भयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीको फोटोमा हातभरी सुनैसुनका, यता पनि सुनैसुनका बोकि नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिन होला । तर मेरो शरिरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औैंठी लगाएको छैन । म सानो हुँदा मेरो आमा बित्नु भएको । आमाले लगाउने गर्नु भएको औंठी यो तैँले लगा भनेर सानो छँदैखेरी एक पल्ट लगाई दिएका थिए । ३÷४ दिन मैले लगाए । आमाले कान्छि औंलातिर लगाउको औंठी मैले बीचको औंलातिर लगाउँदा खेरी पुरुषको औंला अलि ठूलो हुन्छ नि । अलि सानै हुँदा बीचको औंलातिर मिल्थ्यो । त्यसो भएर २÷४ दिन यो तिम्रो आमाको हो, तिमीले नै लगाऊ भनेर दिइएको थियो । त्यो औंठीले मलाई बडो डिस्टर्व ग¥यो । आमा पटकपटक सम्झने कुरा काम भएको थियो । त्यो औंठी भएपछि फेरी आमा पटकपटक सम्झने । त्यो भएर म अलि बढी हडबडी भईरहने, आमाको सम्झनाले गर्दाखेरी त्यस्तो भयो । त्यस्तो भएपछि मैले त्यसलाई लगाउन सकिन । त्यो मैले फुकालेर मबाट हुँदैन । यो अरुलाई नै लैजाऊ भने, म लगाउन्न भने । त्यसपछि फेरी एक दिन एउटा साथीलाई के झोक चलेछ । एउटा औंठी ल्याएर मलाई दिए । त्यसको इऊ के थियो ? हिरा थियो कि अर्थोक थियो ? त्यो मलाई याद छैन । के थियो, उनले मलाई बडो माया गरेर तपाई कहिल्यै पैसा पनि बोकेर हिँडनु हुन्न । खर्च पनि हुँदैन । कहीँ केही परिहाल्यो, भोक लाग्यो भने यो लगेर खाएर पछि लगेर तिर्न पनि पाईन्छ । नचिनेका ठाउँमा पनि यो त चल्छ नि । यो एउटा लगाई राख्नुस भने । मैले सुनमा मेरो रुचि छैन भने । तैपनि लगाई राख्नुस न एउटा भन्यो । त्यो दिनभरी लगाए । बेलुका घरमा फुकालेर मैले राखे । त्यसपछि त्यो कसले लग्यो ? मलाई याद भएन । यसरी मैले मेरो आमाको औंठी म सानो हुँदा ४ दिन जति लगाएहोला । एउटा साथीले औंठी दियो । दिएको बेलादेखि बेलुका घर नपुग्दासम्म लगाए । त्यसबाहेक मैले औंठी पनि लगाएको छैन, लगाउदिन । जसले औंठी पनि लगाउँदैन । र, मेरो रुचि औठीसौंठीमा होइन । म सानो छँदाखेरी कान छेडेर मुन्द्रा लगाई दिएको थिए । त्यो मुन्द्रा अलि ठूलो भएपछि खोलियो । केटीको भएको भए खोलिदैन थियो होला । केटाको भएको हुनाले खोलियो । त्यसपछि त्यो पनि गयो । अव अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाई दिएको छ । मतलव यति साह्रो झुट नि । यति साह्रो झुट पनि मान्छेले, यत्रो मेहनत गरेर, एउटा चिजलाई अर्को ठाउँमा लगेर कस्तो घटिया कुरा होला । सत्य पो उजागर गर्ने त । आफ्नो क्षमता त सत्य सम्प्रेषण, सत्य ऊजागर गराउन प्रयोग गर्ने कि झूट फैल्याउनका लागि ? सत्य छोप्न, भ्रम फैल्याउन आफूसँग ज्ञान, कला, क्षमता प्रयोग गर्ने तहमा हामी नेपालीहरु नै पुग्नु भनेको जहाँ हाम्रो पूर्खा साँचो बोल भन्थे । साँचो बोल, प्रिय बोल, मिठो बोल भन्थे । अरुलाई दुःख दिएर रमाउने, अनुहारमा मुस्कान हेर्न नखोज्ने, आँखामा आँशु हेरेर, अनुहारमा पीडा र बेदना हेरेर खोज्ने । सत्य स्थापित गराउन नखोज्ने, सत्यसँग दुश्मनी गर्ने । इमानमा अडन नखोज्ने, इमानसँग वैरभाव गर्ने । यस खालको प्रवृत्ति बढदो छ । ’

 

इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न पनि कलाकारहरुलाई आह्वान गर्नुभयो । उहाँले पार्टीमा प्रवेश गरेका कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनु भयो । एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उहाँको भनाई थियो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);