भारतमा प्रधानमन्त्री प्रचण्डको भेटवार्ता पूर्व गुप्तचर प्रमुख दोभालबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतमा प्रधानमन्त्री प्रचण्डको भेटवार्ता पूर्व गुप्तचर प्रमुख दोभालबाट सुरु

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणको पहिलो दिनमै महत्वपूर्ण भेटवार्ता गरेका छन् । उनले भारतका एकजना शक्तिशाली अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डले भारतका सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटवार्ता गरेका हुन् । दोभाल प्रचण्डलाई भेट्न मौर्य होटलमै पुगेका थिए ।

दोभालसँगको भेटमा भारतका विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी थिए । प्रचण्डकी छोरी गंगा दाहाल पनि भेटमा सहभागी भइन् ।

दोभाल पूर्व गुप्तचर प्रमुख पनि हुन् । उनीसँग दाहालको पहिलो भेटलाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);