काठमाडौं, १६ जेठ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
आज हुने पहिलो खेलमा दिउँसो ३ बजे त्रिभुवन आर्मी र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे हुने खेलमा एपीएफ क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।




