संसद अवरोध एमालले होइन् सरकारले गरेको होः महेश बर्तौला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसद अवरोध एमालले होइन् सरकारले गरेको होः महेश बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनुभएको छ ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताउनुभएको हो । उहाँले राज्यको सम्पती कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताउनु भयो । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पती कति छ ? सरकार सबै बेखबर । किनकी यो सरकार आफैँ चलिराखेको छैन । यो सरकार परनिर्भर छ । यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन ? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन । सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन । आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध ग¥यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस् । जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ । त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रष्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);