हिलो छ्यापेर फुत्किने भन्दापनि संसदमा आधारसाथ बोल्नुपर्छः सांसद विराजभक्त श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

हिलो छ्यापेर फुत्किने भन्दापनि संसदमा आधारसाथ बोल्नुपर्छः सांसद विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताउनु भएको छ ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताउनु भयो । उहाँले एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दापनि आधारसाथ बोल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘पूर्वप्रधानमन्त्री जस्तो मान्छेलाई त्यो कुरा आइसकेपछि उहाँहरुले पार्टीगत हिसावले त्यो कुरालाई माग राखेर हामीले सकारात्मक हिसाबले के लिएका छौँ भने, उहाँहरुले माग के गर्नुभएको छ, डाडुपन्यु तपाईहरुकै हातमा छ, सरकारमा तपाईहरु नै हुनुहुन्छ भनेपछि छानबिन गर्नुस् । सत्यतथ्य आउँदाखेरी त्यसको जसले सत्तापक्षमा बसेर सोध्नुभएको छ, उहाँहरुले नै त्यसको जवाफ दिने तरिकाले । मलाई सु–संस्कृत अभ्यास यही हो जस्तो लाग्छ । हिलो छ्यापाछाप गर्ने त्यहाँबाट फुत्किने होइन कि केही कुुरा बोलेको छ भने त्यसको आधार पनि हुनुप¥यो ।’

Leave a Reply

ताजा समाचार