संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भयोः सांसद झा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भयोः सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो राजनीतिक एजेण्डा हो । यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजीराखेको एजेण्डा हो । सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ । यो बाँधिएको कुराहरु हो । सरकार पनि कानूनी परिवन्धमा बाँधिएको छ । नीति कार्यक्रम पारित गर्नु छ । कानूनी शासन भनेको सडकमा मात्र होइन, सदनमा पनि लागू हुन्छ । कानूनी प्रक्रिया अनुसार विधान, संविधानले जे भन्छ त्यो अनुसार अगाडी जानुपर्छ । यसलाई राजनीतिक मुद्दा बनायो भने यो लिगेसी बन्छ । गलत सम्झौता गर्ने लिगेसी बन्छ ।’

उहाँले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);