नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि स्थापितले भने– आरोप झुठो हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि स्थापितले भने– आरोप झुठो हो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश्वरमान स्थापितले आपत्ती जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव स्थापितले विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको बताउँदै त्यसमा सत्यता नभएको दाबी गरेका छन् ।

उनले आफु संलग्न भएको बताउने अभियुक्तसँग आफ्नो कुनै चिनजान नभएको र चिनजानै नभएको व्यक्तिले गम्भिर अपराधमा आफ्नो नाम किन राखे भन्ने बिषय गम्भिर भएको बताए ।

उनले आफू हाल काठमाडौं बाहिर भएकाले काठमाडौं आएपछि झूठो र भ्रामक आरोप प्रतिवाद गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);