छोरीलाई,सम्पती दिने परिवारलाई हिमागाउँपालिको सम्मान  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

छोरीलाई,सम्पती दिने परिवारलाई हिमागाउँपालिको सम्मान 

जुम्ला । हिमागाउपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत  छोरीलाई पनी छोरा सम्मान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन्  नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गनृका लागी  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।  

उपाध्यक्ष रोकायाका अनुसार  सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नु पर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो  उपाध्यक्ष रोकायाले भनिन्,”। छोरी  जन्मिदै विभेदका शिकार बनेका छन् । छोरीमाथी  गरिने यस्ता खलका विभेदको अन्त्ये गर्नका लागी   नारी दिवसको अवसरमा  छोरीलाई सम्पती दिने र छुईहुदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो ।  रोकायाले भनिन्  सम्मान पाउनेमा जिरु रोकाया,  खम्मा शाही,  देबुसुनार  ,मुगा शाही  डुगल शाही,  आनन्द शाही , रहेका छन । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले  भनिन् हाम्रो समाजमा  छोरा जन्माउनकै लागी  धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । उनले भनिन्,” यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन,पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई  मानसिक यातना दिएको छ ।
 छोरीले अंश पाउने कानुन कार्यन्वयन छैन  
 उपाध्यक्ष रोकायाले भनिन्,“छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकाँश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् । 
छोरा हुदा हुँदै पनि छोरिलाइ सम्पति  दिने अभिभाकलाइ सामाजिक हिसाब  छोरा छोरि बरा वर हो भन्ने चेतना फैलाउना र  पैत्रिक सम्पतिमा  छारीको अधिकार  स्थापित  गराउनकै लागी  छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो ।  हाम्रो समाजमा रहेको अलिखित कानुन  जसले गर्दा  छोरी  घरपरिवार बाटै हिंसित बनेका छन । 

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखीएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख  कृष्णा सावकोछाले बताए ।  उनले भने,  छोराका कारण एक दर्जन छोरीको जन्माउने गरेको पाइन्छ  । जसले गर्दा आर्थिक र शरिरिक अवस्था कमजोर  हुन्छ  । ,महिला बिरमी  पर्छन र अकाल्मै मुत्यु हुने  गरेको छ ।

गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरिति हटाउन  हिमागाउपालिकाले जनचेतनामुलक अभियान मार्फत  छोरीलाई प्रोत्साहन गर्नकै लागी यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले खुसि ब्यक्त गरिन । उनले भनिन,”विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आबश्यक  । 
छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ ।

तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन ,भन्ने कटुयथार्थ हो । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्ध भएका  कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी  देखिन्छ  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);