मन्त्रीको सूचीबाट मनाङे आउट | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

मन्त्रीको सूचीबाट मनाङे आउट

dipak-manange

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीका एक मात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने सूचीबाट हटाइएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्री नबनाउने मनसायमा पुगेको बुझिएको छ ।

गुरुङलाई हटाएर उनको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्ने बताइएको छ ।

आज आलेसहित कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले शपथ लिने कांग्रेसका एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री बनेको दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);