दमक झडप अपडेट : प्रहरी उपरिक्षकसहित २ दर्जन घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

दमक झडप अपडेट : प्रहरी उपरिक्षकसहित २ दर्जन घाइते

काठमाडौं, २७ वैशाख । झापाको दमकमा मंगलबार भएको झडपमा परेर प्रहरी उपरिक्षक मनोजकुमार लामासहित २२ जना घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विषयमा असन्तृष्टि जनाउँदै मंगलबार साँझ करिब डेढ घण्टा झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास, पाँच राउण्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोलीको छर्रा लागेर २ जना आन्दोलनकारी गम्भिर घाइते भएका छन् भने अन्य १० जना पनि सामान्य घाइते भएका जनाइएको छ । जिल्ला प्रसाशन कार्यालय झापाका अनुसार १० जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरुको दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतमा उपचार भइरहेको छ ।

प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो घाइते भएका हुन । घाइते दुवै जनाको स्थानीय अस्पतालमा बाट बिर्ता सिटी अस्पताल लगिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);