काठमाडौं, २० वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । बुधवार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लव र चर्च ब्वाइज क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
फ्रेण्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । यस्तै
च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लव र हिमालयन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।