काठमाडौं, १७ वैशाख । भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । सोमबार ११ बजे तय गरिएको बैठक अघि नै सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
पूर्वगृहमन्त्री लामिछाने आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा दाहालले चितवन २ बाट निर्वाचित भएकोमा रविलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय बैठक अघि २ नेताबीच भएको भेटवार्ता निकै महत्वपुर्ण भएको बुझिएको छ ।




