काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले कानून न्याय तथा संसदिय मामला मन्त्रालयपनि सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको कानून मन्त्रालयको जिम्मेवारी खड्कालाई दिइएको हो ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानूनमन्त्री पदेन सदस्य रहने भएकाले प्रधानमन्त्रीको सो जिम्मेवारी खड्कालाई दिइएको बताइएको छ ।




