वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याइने | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याइने

काठमाडौं,४ माघ । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रश्तावमा सो विधेयक संघीय संसदमा पेश गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय पनि बैठकले गरेको छ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बैठकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा गएको कारण मन्त्रिपरिषदले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);