सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने

mantriparisad office

काठमाडौं, २० साउन । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धि विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ । आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धि कानुन सरकारले बनाई सक्नुपर्नेछ ।

ताजा समाचार