मुलुकमा विदेशी हस्तक्षेप बढ्योः मुख्यमन्त्री गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मुलुकमा विदेशी हस्तक्षेप बढ्योः मुख्यमन्त्री गिरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताउनु भएको छ ।

बुटवलमा प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं साधारणसभामा मुख्यभन्त्री गिरीले बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउनु भयो । उहाँले केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप समेत लगाउनु भयो ।

उहाँले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुदाँ संघीयताको औचित्य नै छैन भन्ने आवाज उठ्न थालेको पनि उल्लेख गर्नुभयो । मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गुनासो गर्नुभयो ।

मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा मुख्यमन्त्री गिरीले जोड दिनु भयो । उहाँले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरूलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);