खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी: स्वास्थ्यमा पर्छ यस्तो असर | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

खाद्यान्नमा वार्षिक ५ लाख ७४ हजार किलो विषादी: स्वास्थ्यमा पर्छ यस्तो असर

tarkari

काठमाडौं,२० पुष । नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२््र ७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युतप्रसाद ढकालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७२ ्र७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको छ ।
तराईमा बढी प्रयोग
विषादीको प्रयोग तराईमा धेरै हुने गरेको छ । वार्षिक ९९५ ग्राम प्रतिहेक्टरका दरले तराईमा विषादी प्रयोग भइरहेको बाली संरक्षण निर्देशनालयले जनाएको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा प्रतिहेक्टर ८५, पहाडी क्षेत्रमा ३१४ र उपत्यकामा ४७० ग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको छ ।

८० प्रतिशत विषादी विदेशबाट
नेपालमा खपत हुने विषादीमध्ये ८० प्रतिशत विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । २० प्रतिशत भने नेपालमा उत्पादन हुन्छ । सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए ।

तीन तरकारीमा ४५ प्रतिशत विषादी भेटियो
बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५ प्रतिशत प्रयोग भएको पाइएको छ । सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए ।

कस्तो असर पर्छ स्वास्थ्यमा

डा। अरुणा उप्रेती
कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तवरबाट कुनै पनि अनुसन्धान गरिएको छैन । विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । ४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ ।

तत्कालीन असर बान्ता हुने, मूर्छा पर्ने, झाडापखाला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, एलर्जी हुने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, खाना अरुचि, धमिलो देख्ने, वाकवाक लाग्ने, आँखा–नाक पोल्ने

दीर्घकालीन असर अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसामा समस्या, स्नायु प्रणालीको विकासमा ह्रास, एकाग्रतामा कमी