फास्ट ट्रयाकको डीपीआरबारे सेना- ‘कुरा नमिले आफैं बनाउँछौं’ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

फास्ट ट्रयाकको डीपीआरबारे सेना- ‘कुरा नमिले आफैं बनाउँछौं’

sena

काठमाडौं,२० पुष ।नेपाली सेनाले तराई काठमाडौं जोड्ने द्रुत मार्ग फास्ट ट्रयाक को विस्तृत परियोजना प्रतिवेदन डीपीआर खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ ।

सकेसम्म तयार डीपीआर नै खरिद गर्ने तर शुल्क अधिक भए नयाँ प्रक्रियामा अघि बढ्ने सैन्य स्रोतले जनाएको छ । सेनाले फास्ट ट्रयाकको कामसँगै डीपीआरसमेत बनाउने तयारी गरेको हो ।

भारतीय कम्पनीले आफ्नो डीपीआरका लागि अस्वाभाविक रकम माग गरेएको भन्दै सेनाले आन्तरिक तयारी थालेको हो ।

सेनाको प्राविधिक टोलीले भारतीय कम्पनीको डीपीआर अध्ययन प्रतिवेदन उच्चस्तरीय समन्वय समितिलाई पेस गर्ने क्रममा त्यस्तो सुझावसमेत दिएको स्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।