एसईईमा नक्कली परीक्षार्थी खटाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एसईईमा नक्कली परीक्षार्थी खटाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं, २६ चैत्र । सुनसरीमा एसईईको नक्कली परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । एसईईमा सुनसरी र मोरङका कन्सल्टेन्सीले प्रतिव्यक्ति ४० हजार रुपैयाँ लिएर २ सय भन्दा बढी नक्कली परीक्षार्थी खटाएको खुलासा भएको छ ।

नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको आरोपमा धरानाके डल्फिन पुर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन् । एसईई दिने क्रममा पक्राउ परेका २ जना नक्कली परीक्षार्थीहरुलाई निजी इनस्टिच्युटहरुले भाडामा परीक्षा दिन लगाएको पाइएको छ । पक्राउ परेका अधिकांश विद्यार्थी धरान र बेलबारीका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);