काठमाडौं, १९ पुष । निर्वाचनको समिक्षा र आगामी रणनीति तय गर्न राप्रपाको केन्द्रिय कार्य समिति बैठक सुरु भएको छ ।
आजदेखि काठमाडौंमा सुरु भएको बैठकमा अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टीले हार व्यहोर्नुको कारण र आगामी रणनीतिको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ३ दिनसम्म चल्ने बैठकमा निर्वाचनको समिक्षा र आगामी रणनीति तय गर्ने सहायक प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको संगठनात्मक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको छ ।




