काठमाडौं, २१ चैत्र । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नाई सुपर किंग्सले दोस्रो खेलमा पहिलो जित हात पारेको छ । लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गर्दै चेन्नाइले पहिलो जित हातपारेको हो । घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको रोमाञ्चक खेलमा २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो ।
लखनउमाथी चेन्नाई १२ रनले विजयी भएको हो । लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए । मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरे । निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाए
चेन्नाईका मोईन अलिले ४ र तुसारदेश पान्डेले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ , डेभोन कन्वेले ४७ ,अम्बादी राइडुले २७ शिवम दुवेले २२ रन बनाए । लखनउका मार्क वुड र रवि विष्नोईले ३/३ विकेट लिए ।
दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नाई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ