सबै पत्रकारहरु सजग हुन जरुरी : विपुल पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सबै पत्रकारहरु सजग हुन जरुरी : विपुल पोखरेल

काठमाडौं, १३ चैत्र । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताउनुभएको छ । आईतवार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले पत्रकारितामाथि विश्वसनियताको खोजि गरिरहेको बताउनु भयो ।

पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्वीकार्न सक्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पत्रकारहरुले आफूले प्रश्न स्वीकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताउनु भयो । उहाँले आफूमाथि उठेका प्रश्नहरु स्वीकारेर सच्चिन सक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको पत्रकारिताको सन्दर्भमा केही प्रश्नहरु उठेका छन्, पत्रकारहरुले प्रश्न स्वीकार्न सक्नुपर्छ । एउटा पत्रकारले प्रश्न स्वीकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन की उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण आफूप्रतिको प्रश्न स्वीकार्ने र करेक्शन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेला मात्रै हामीलाई त्यो अधिकार हुन्छ की हामीले अरुको बारेमा प्रश्न उठाउँछौँ । अहिले पत्रकारिता क्षेत्रमा प्रशस्त प्रश्नहरु उठेका छन्, त्यसलाई एउटा मात्रै डिमाण्ड गरेको छ, तिमीहरुको कन्टेन विश्वसनिय होस् भन्ने मात्रै जवाफ खोजेको छ । हामीले विश्वसनियता दिने सम्बन्धमा काम गर्नुपर्नेछ ।’

अध्यक्ष पोख्रलेलले आफ्ना समाचारहरु विश्वसनिय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);