प्रकृति मास्नेहरु समाज बिरोधी हुन्ः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रकृति मास्नेहरु समाज बिरोधी हुन्ः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति बिरोधी भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताउनु भयो । उहाँले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने बताउनु भयो । उहाँले प्रकृतिको बिरोध गरी प्रकृति मास्नेहरु समाज बिरोधी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रकृतिलाई स्वीकारेर खेल्न सक्नेहरु सधैँ सुखी हुन्छ । प्रकृतिकै हामी फूल हौँ, हामी सबै खुशी हुनुपर्छ । कति समाजमा अहिले पनि तुच्छ व्यवहार गरिन्छ । जो शब्दमा हामी सुन्न र स्वीकार्न सक्दैनौँ । प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति बिरोधी हुन् । ती समाजहरु प्रकृति बिरोधी समाज हुन् । जो आफू सभ्य, बुद्धिजीवि भएर प्रश्तुत हुन्छन्, उनीहरुले यो प्रकृतिलाई स्वीकार्न सक्दैनन् भने हामी उनीहरुलाई बुद्धिजीवि भन्न सक्दैनौँ ।’

मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);