नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको डा.राउतको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको डा.राउतको टिप्पणी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउतले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको छ ।

मंगलवार सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको हो । उहाँले निति तथा कार्यक्रममा जम्मा तिन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताउनु भयो । उहाँले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शितगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामुहिक कृषि, उत्पादन निति, सामुहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताउनु भयो ।

उहाँले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेक्क्यु प्याकेज’ घोषणा गर्न माग गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);