काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसकी सांसद बिमला गौचनले उपचारको क्रममा निधन भएकी मनकुमारी बुढाथोकी छन्त्यालप्रति श्रद्धान्जली दिएकी छिन् ।
शनिबार स्व. छन्त्याल परिवारले आयोजना गरेको श्रद्धान्जली सभामा सहभागी सांसद गौचनले छन्त्यालको मृत्युले म्याग्दी जिल्ला नै शोकमा डुबेको प्रतिक्रिया दिनुभयो ।
गण्डकी प्रदेश, म्याग्दीको द्यौलागिरी गाउँपालिका–५ मा जन्मिएकी छन्त्यालको गत फागुन २७ गते ७२ वर्षको उमेरमा काठमाडौंको आफ्नै घर बागबजारमा मृत्यु भएको थियो ।