केपी ओली धोकेबाज हुन्, यो कुरा दुनियाँलाई थाहा छः मेटमणी चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

केपी ओली धोकेबाज हुन्, यो कुरा दुनियाँलाई थाहा छः मेटमणी चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धोकेबाज भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा भवन नयाँबानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतीक्रिया दिदै चौधरीले ओलीले एकै दिन पाँच जनालाई प्रधानमन्त्री र सय भन्दा बढीलाई मन्त्री बनाइदिन्छु भनेर धोका दिएको कुरा सबैलाई थाहा भएको आरोप लगाएका हुन् । ‘ओलीको बोलीमा जाल, झेल, षड्यन्त्र र बदमासि कुलेको हुन्छ भन्ने कुरा दुनियाँको सबैलाई थाहा छ । उनले सबैलाई धोका दिने गरेकाले उनको बोली कसैलाई विश्वास लाग्दैन् ।’ उनले भने ।

साथै, सांसद चौधरीले हालको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी समेत गर्नु भएको छ । उहाँले सहमति अनुसार माधव नेपाल एक वर्ष प्रधानमन्त्री हुने समेत बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);