गगनलाई ओलीको जवाफ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

गगनलाई ओलीको जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुले साँठगाँठे सिष्टम चलाएको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा भवन नयाँबानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा भाग लिएर बाहिरिने क्रममा उहाँले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिलेको निर्वाचनमा साँठगाँठे सिस्टम चलेको आरोप लगाउनुभएको हो ।

साथै, ओलीले कांग्रेस महामन्त्री गगन थापा प्रति लक्षीत गर्दै भन्नुभयो– ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुप¥यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’ उहाँले भन्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);