ओली नसुध्रिएसम्म वाम एकताको सम्भावना छैन् : मेटमणी चौधरी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

ओली नसुध्रिएसम्म वाम एकताको सम्भावना छैन् : मेटमणी चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नसुध्रिएसम्म एमालेसहितको वाम एकताको सम्भावना नरहेको रहेको बताउनु भएको छ।

केपी शर्मा ओलीलाई संसारकै गफाडी र कमजोर चेतना भएको व्यक्तिको संज्ञा दिदैं पूर्वमन्त्री चौधरीले ओलीले विगतमा गरेका कमजोरी महसुस गरी माफी नमागेसम्म एमालेसँग सहकार्य नहुने स्पष्ट पार्नुभएको हो ।

नेता चौधरीले माउण्टेन टेलिभिजनबाट प्रसारण भएको ‘माउण्टेन संवाद’ कार्यक्रममा पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै वाम एकताको लक्ष्य र परियोजन बारे स्पष्ट खाका बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो पार्टी वाम एकताको पक्षमा भए पनि वाम एकता कुन लक्ष्य र कुन परियोजन लागि भन्ने खाका प्रष्ट हुनुपर्छ ।’–उहाँले भन्नुभयो ।

तत्कालिन नेकपा टिक्न नसक्नुको कारण, कसको कहाँ गल्ति भयो भन्नेमा समिक्षा नगरी वाम एकताका लागि अघि बढ्ने कुरा सान्दर्भिक नहुने उहाँको भनाई छ ।

सरकारमा जाने सन्दर्भमा नेता चौधरीले आफ्नो पार्टीलाई सम्मानजनक प्रस्ताव आयो भने वर्तमान सरकारमा सहभागी हुन सक्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);