काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार किर्तीपुरको क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ९ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा खेलाडीहरुलाई उक्त राशिको पुरस्कार घोषणा गरेका हुन् ।
नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गरेका छन् ।