अमेरिका–मेक्सिको सिमानामा आप्रवासी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अमेरिका–मेक्सिको सिमानामा आप्रवासी र प्रहरीबीच झडप

एजेन्सी । अमेरिका र मेक्सिकोको सिमानामा आप्रवासीलाई लिएर फेरि तनाव उत्पन्न भएको छ । सोमबार ठूलो संख्यामा यी आप्रवासीले सीमामा लगाइएको काँडेतार हटाएर अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए । सीमा सुरक्षा बल र पुलिसले धेरैजसो मेक्सिकोको सीमामा फर्काइदिए।

मिडिया रिपोर्टहरूका अनुसार अमेरिका प्रवेश गर्न खोज्ने अधिकांश मानिसहरू बाइडेन प्रशासनले आप्रवासीहरूका लागि सुरु गरेको एप सेवासँग रिसाएको छन् । यो सेवाको प्रक्रिया निकै लामो र थकाइलाग्दो रहेको उनीहरुको गुनासो छ ।

समाचार एजेन्सी ’रोयटर्स’का अनुसार सोमबार मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्ने अधिकांश भेनेजुएलाका नागरिक हुन्। यी मानिसहरू अमेरिकामा शरण खोजिरहेका छन्। ती मानिसहरूले काँडे तार र अवरोधहरू हटाए। प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो । सो क्रममा केही व्यक्ति घाइते पनि भएका छन् । धेरै साना केटाकेटीहरू पनि अमेरिका प्रवेश गर्न खोज्ने मानिसहरूसँग देखिएका थिए।

सो क्रममा केही व्यक्तिले प्रहरी र सीमा प्रहरीमाथि आक्रमण समेत गरेका थिए । पछि प्रहरीले उनीहरुलाई भगायो । यस क्रममा केही घाइते भएको खबर पनि आएको छ । यस विषयमा गृह भूमि विभागले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);