काठमाडौं, १६ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टाराइलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक भएको भेटमा अध्यक्ष दाहालले संयोजक भट्टाराइलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका हुन। अध्यक्ष दाहालले भट्टाराईलई वाम एकतामा आउन आग्रह समेत गरेका छन । नेता भट्टाराइसँग आर्थिक समृद्धिको एजेण्डा भएकाले त्यसालाई पूरा गर्न एकतामा आउन आग्रह गरेका हुन ।
उनिहरु बीच देशको स्थायित्व एमालेसँगको पार्टी एकता र नयाँ सरकार गठनका विषयमा छलफल भएको नेतृ हिसिला यमीले जानकारी दिइन । अध्यक्ष दाहाललाई भेट्न संयोक भट्टाराई दाहाल निवास खुमलटार पुगेका थिए ।




