देशको अवस्था चुनौतिपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छः उम्मेदवार नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

देशको अवस्था चुनौतिपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छः उम्मेदवार नेम्वाङ

काठमाडौं, २५ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौति रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभुति दिलाउने बताउनु भयो ।

उहाँले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहीत छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ । त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रुपमा काम गर्नेछु । जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो ।

जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महशुस हुने सवारी हुनेछ । म सबै दल र सारा नेपालीहरुको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु । यो देशका सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिनपर्छ । अहिले देश र जनताको अघि सारै ठूलो चुनौति रहेको छ । त्यसैले देश, जनता र सबै राजनीतिक दल एक ठाउँमा उभिनपर्छ ।’ उम्मेवार नेम्वाङले राष्ट्रपति निर्वाचनको लागि आफू उत्साहीत रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);