काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले आठौं विकेट लिएका हुन् ।
यूएईमा जारी त्रिकोणात्मक सिरिजमा पीएनजीले टस जितेर ब्याटिङ गरिरहेको छ ।
४८औं ओभरको खेल चलिरहँदा पीएनजीले ८ विकेटको नोक्शानीमा १६८ रन बनाएको छ ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा सन्दीप लामिछाने र कुशल मल्लले एक/एक विकेट लिए ।