काठमाडौं, १९ फागुन । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाललाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् ।
पपुवान्युगिनीविरुद्ध नेपालका लामिछानेले पहिलो विकेट लिएका हुन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले ११औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लु आउट गराएका हुन् । दोदिराले २६ रन बनाएका थिए ।




