अधिकांश कलात्मक ढुंगेधाराहरू काठमाडौं उपत्यकामै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अधिकांश कलात्मक ढुंगेधाराहरू काठमाडौं उपत्यकामै ( भिडियो रिपोर्ट )

विसन्तर शाक्य \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन १३ । ललितपुर महानगरपालिका वडा नं ६ मा निरन्तर कलकल बगीरहने ढुंगेधारा रहेको छ। ललितपुरमा रहेका ढुंगेधाराहरु मध्ये अहिले सम्म निरन्तर पानी बगिरहने एउटा महत्वपुर्ण ढुंगेधारा हो । तर यसको अवस्था भने अत्यन्तै दयनीय छ। कञ्चन पानी आउने ढुंगेधाराको संरक्षण गर्ने भनेर केही निर्माणको संरचना बनाएको देखिन्छ, तर त्यो पनि वेवारिस छ।
एउटा युग थियो काठमाडौं उपत्यकामा अनगिन्ति निरन्तर पानी बगिरहने ढुंंगेधाराहरु निर्माण गरी सबैलाई पानीको व्यवस्थापन गरिएको थियो । तर, अहिले सबैभन्दा बढी पानीको अभावमा बाँच्नु पर्ने शहर बनेको छ काठमाडौं उपत्यका ।

पुर्खाको महान सोच सहित निर्माण गरिएका ढुंगेधाराहरुको संरक्षण गर्न नसक्दा आज पानीको हाहाकारमा बाँच्न बाध्य छन् नागरिक । महँगो मूल्यमा खानेपानी किनेर पिउनुपर्ने वाध्यता छ । उचित व्यवस्थापन गरेको भए पानी पिउनको लागि

ढुँगेधारा उपयोगी हुन्थ्यो । तर विकासको नाममा र आर्थिक चलखेलका कारण भएका ढुंगेधाराहरु मासिने क्रम तिब्र छ।

स्थानीयवासीहरुका अनुसार ललितपुर महानगरपालीका वडा नं ६ का पुर्व वडाअध्यक्ष हिटलर शाक्यको कार्यकालमा ढुंगेधाराको संरक्षणको लागि १० लाख बजेट विनियोजन भएको थियो । बजेट विनियोजन पछि पुननिर्माण कार्य भएपनि अहिले वेवारिस अवस्थामा राखिएको छ । नहिटी क्षेत्र सहित आसपासका क्षेत्रका जनताहरुलाई समेत पानीको सहिजता बनाईरहेको ढुंगेधारा आज आफै दयनीय अवस्थामा रहन बाध्य भइरहेको छ।
ललितपुर महानगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष रुपेन्द्रराज शाक्य ढुंगेधारा संरक्षणकोलागि बजेट विनियोजन तथा कमिति समेत निर्माण भइसकेको बताउनु हुन्छ । उहाँ आगामी आर्थिक बर्ष सम्ममा पुनःनिर्माण सम्पन्न हुने बताउनु हुन्छ।

सांस्कृतिक ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारी जति स्थानीय निकाय हुन्छ त्यत्ति नै स्थानीयवासीहरुको पनि हुन्छ । ऐतिहासिक ढुंगेधारा र पोखरीहरु संरक्षणमा सबैको चासो र चिन्ता आवश्यक छ । यसले ढुंगेधाराहरुको संरक्षण तथा पानीको समस्याबाट मुक्त हुने परिस्थिति निर्माण हुन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);