बुल्गेरियामा एउटा ट्रकमा १८ अफगान नागरिकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

बुल्गेरियामा एउटा ट्रकमा १८ अफगान नागरिकको शव फेला

एजेन्सी । बुल्गेरियामा एउटा कन्टेनर ट्रकमा १८ जना अफगान नागरिकको शव फेला परेको छ । मृत्यु हुनेमा एक ७ वर्षीय बालक पनि रहेका छन् । बुल्गेरियाली सरकारले शुक्रबार कन्टेनरमा भेटिएका २२ जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको जनाएको छ। ट्रकमा जम्मा ५२ जना आप्रवासी थिए र उनीहरुलाई अवैध रुपमा बुल्गेरिया ल्याइएको थियो ।

रिपोर्टका अनुसार यी शवहरू बुल्गेरियाको लोकोर्स्को गाउँ नजिकै भेटिएका थिए। अज्ञात ट्रक आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी त्यहाँ पुगेपछि चारैतिर शव फेला परेको देखियो । ट्रकमा स–साना डिब्बा बनाएर त्यसमा मान्छे भर्ने गरेको अनुसन्धानले देखाएको छ । बुल्गेरियाका स्वास्थ्यमन्त्रीका अनुसार अधिकांश मानिसको मृत्यु निस्सासिएर र भोकमरीका कारण भएको हो । न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार उक्त ट्रक बुल्गेरियाको राजधानी सोफियाबाट केही दूरीमा भेटिएको थियो । ट्रकका चालक मानिसहरुलाई त्रसित छोडेर फरार भएका छन् । जब प्रहरीले ट्रकमा मानिसका लागि बनाइएको डिब्बालाई ठूला–ठूला लाठीले छोपेको बताएको थियो ।

उप अभियोजक जनरल बोरिसलोभले भने कि ट्रक फेला पर्नु भन्दा १० देखि १२ घण्टा अघि मानिसहरूको मृत्यु भएको थियो। यस घटनामा अहिलेसम्म बुल्गेरियाका ४ जनालाई हिरासतमा लिएको छ ।
मृत्यु हुनेमा ६ वा ७ वर्षको बालक रहेको स्वास्थ्यमन्त्रीले बताए । यस घटनामा बाँचेका मानिसहरु चिसोले काँपिरहेका थिए । सन् २०१९ मा बेलायतमा एउटा ट्रक रोकिँदा त्यसमा ३९ जनाको शव भेटिएको थियो । अवैध रूपमा बेलायत प्रवेश गर्ने क्रममा यी व्यक्तिहरूले ज्यान गुमाएका थिए।

Leave a Reply

ताजा समाचार