टर्की–सिरियामा ४६ हजारभन्दा बढीको मृत्यु, घानाका चर्चित फुटबलरको शव भग्नावशेषमा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

टर्की–सिरियामा ४६ हजारभन्दा बढीको मृत्यु, घानाका चर्चित फुटबलरको शव भग्नावशेषमा फेला

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । यसैबीच टर्कीमा उद्धार टोलीले १३ दिनपछि भग्नावशेषबाट तीन जनालाई जीवितै निकालेको छ । जसमध्ये एकजना बालक छन् ।

घानाका फुटबलर क्रिस्चियन अत्सुको शव टर्कीको हातेमा फेला परेको छ । उनको घर भूकम्पले ध्वस्त भएको थियो । ३१ वर्षीय अत्सु सेप्टेम्बरमा नै टर्किस सुपर लिग क्लबमा आवद्ध भएका थिए ।
भूकम्पका कारण पृथ्वीको सतहमा ३०० किलोमिटर लामो दरार परेको छ

रोयटर्स न्युज एजेन्सीको रिपोर्ट अनुसार टर्की र उत्तरी सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पले पृथ्वीमा धेरै क्षति पुर्याएको छ । पृथ्वीमा दुईवटा ठूला दरार आएका छन्, जसमध्ये एउटा दरार ३ सय किलोमिटरको छ । यहाँ जमिन दुई विपरीत दिशामा २३ फिटसम्म सरेको छ ।

टर्कीको प्रकोप एजेन्सीका प्रमुख ओरहान तातारले शुक्रबार फेब्रुअरी ६ मा गएको भूकम्पपछि ४ हजार ७०० परकम्प गएको बताएका छन् । त्यहाँ हरेक चार मिनेटमा परकम्प आउँछ। यीमध्ये अधिकांशको तीव्रता ४ भन्दा बढी छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);