नागरिक उन्मुक्तिसँग सहमति नजुट्दा सुदुरपश्चिम प्रदेशको बैठक सर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागरिक उन्मुक्तिसँग सहमति नजुट्दा सुदुरपश्चिम प्रदेशको बैठक सर्यो

काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन बोलाएको बैठक सरेको छ । सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट्न नसकेपछि बैठक बेलुका ५ बजे बस्ने जनाइएको छ । हिजो लिने भनिएको विश्वासको मत लिने कार्यक्रम उन्मुक्ति पार्टीकै कारण स्थगित गरिएको थियो ।

रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार म्याद आज सकिदैछ । नागरिक उन्मुक्तिको सो प्रदेशमा ७ जना सांसद रहेका छन् । सातैजना सांसद केही दिनदेखि काठमाडौंमा छन् । अहिले पनि उनीहरु वार्ता र छलफलमा छन् । उन्मुक्ति पार्टीले आज विश्वासको मत नदिए रावल नेतृत्वको सरकार बाहिरिने छ

सो प्रदेशमा निर्णायक शक्ति बनेको उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै उनको पद धरापमा परेको हो । नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थन पाएका छन् । तर, मंगलबार उन्मुक्ति पार्टीको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);