सुदुरपश्चिमका मुख्यमन्त्री रावलको पद धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुदुरपश्चिमका मुख्यमन्त्री रावलको पद धरापमा

काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलको पद धरापमा परेको छ । रावलले आज विश्वासको मत लिदैंछन् । सो प्रदेशमा निर्णायक शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै उनको पद धरापमा परेको हो ।

गत पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्ति भएको १ महिनाभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले अझैपनि बहुमत सदस्यको मत लिने परिस्थिति अझै बन्न सकेको छैन् ।

नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थन पाएका छन् । तर, मंगलबार उन्मुक्ति पार्टीको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);