राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार छान्न विपक्षीदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार छान्न विपक्षीदलको बैठक बस्दै

काठमाडौं, २२ माघ । रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार छान्न विपक्षीदलको आज बैठक बस्दैछ ।

हिजो शनिबार कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो । उक्त छलफललाई निष्कर्षमा पु¥याउन आज पुनः बैठक बस्न लागेको हो ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । कांग्रेसले उम्मेदवारको नाम भने निर्णय गर्न सकेन ।

आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुन जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);