मदन वि.क. बाजुरा १२ चैत्र बाजुराको तिपाडा वसपार्कबाट १३ जना यात्री बोकेर सदरमुकाम मार्तडी तर्फ आउँदै गरेको से.१ जं ४२९ नम्बरको जीप शनिवार १० वजे दुर्घटना भएको छ । जीप साँफे मार्तडी सडक खण्ड अन्तगरगतको सुवाकाँधमा दुर्घटना भएको हो । जीपमा रहेका १३ जना मध्ये १ महिलालाई सामान्य चोट लागेको जीपमा सवार अन्य कोहीपनि घाईते नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते महिलालाई जिल्ला प्रहरीको जीपले जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि पुर्याएको बताईएको छ ।
जिप सुवाकाँधको ओरालो सडकमा रहेको मोडबाट घुमेर तल झर्ने क्रममा जीपमा वेक्र नभएका कारण सडकमै पल्टि दुर्घटना भएको छ । साँफे मार्तडी सडकखण्ड अन्तरगतको तिपाडा माथिको १२ किलोमिटर सडक कच्ची र हिलाम्मे र साँघुरो सडक भएकोले एक महिना अघि गत फागुन ९ गते से.१ ज ५७० नम्वरको जीप सदरमुकाम मार्तडी नजिकैको मोडमा दुर्घटना भई सडकमै पल्टिएको थियो । सो जिपमा यात्री कोहीपनि नहँुदा जीपमा रहेका चालक सामान्य घाईते भएका थिए ।