रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

काठमाडौं । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रश्तोता सुरजसिंह ठकुरीले गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । आउँदो वैशाखदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने पाँचौं हिमालय रोडिजको नयाँ सिजनका लागि आज (सोमवार) बाट नै शोको डिजिटल अडिशन खुला गरिएको छ । कार्यक्रममा बोल्दै प्रश्तोता ठकुरीले आफूले फ्रेन्चाइज शोमा पनि काम गर्ने चाहना राखेपनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रश्तुत गर्ने बताउनु भयो । उहाँले रोडिजले हरेक वर्ष एउटा नयाँ प्रतिभालाई जन्माउने भएकाले यो क्याम्पियनमा सहभागी बन्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै हिमालय रोडिज कार्यक्रमका निर्देशक सिमोस सुनुवारले चौथो सिजन आफ्नो लागि धेरै चुनौतिपूर्ण रहेपनि त्यसमा आफू सफल भएको बताउनु भयो । रोडिज यो सिजन झनै एक्स्ट्रिम हुनेमा आशावादी रहेको बताउनु भयो ।

कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गर्नुहुनेछ । रोडिजलाई देशलाई सुहाउने किसिमले मात्रै प्रश्तुत गरिने प्रतिवद्धता जनाउनु भयो । निर्देशक सुनुवारले रोडिजलाई टेलिभिजनबाट प्रश्तुत गर्न मिल्नेसम्मको अंशहरु प्रश्तुत हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);