हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयोः राज्यमन्त्री सिर्पाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयोः राज्यमन्त्री सिर्पाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सगरमाथा आरोही (दुवै खुट्टा गुमाएका) हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभएको बताउनुभएको छ ।

बुधवार संस्कृति, पर्यटन त्था नागरिक उड्डयन मन्त्रालयमा बुढामगरसहितको आरोही टिमलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो की भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्व केही नरहेको जिकिर गर्नुभयो । उहाँले सोचमा अपांगता भएको खण्डमा कुनैपनि काम गर्न नसकिने बताउनु भयो । राज्यमन्त्री ठकुरीले हरि बुढामगरको आरोहणले अनुसन्धानको विषय बनाएको पनि बताउनु भयो । मृतकलाई बचाउन बाहेक सबैकुरा जीवनमा आँट र इच्छाशक्ति भए सम्भव छ भन्नेकुराको प्रमाणित गरेको राज्यमन्त्री ठकुरीको भनाइ थियो ।

सम्मानग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सगरमाथा आरोही हरि बुढामगरले हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुशी लागेको बताउनु भयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनु भयो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरुलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बताउनु भयो ।

आरोही बुढामगरले सगरमाथा आरोहणका लागि पहिला सानासाना हिमालहरुको आरोहण गरेर मात्रै जान सुझाव दिनुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);