जलवायु परिवर्तनबाट महिला र विपन्न समुदाय सबैभन्दा पीडित : वनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

जलवायु परिवर्तनबाट महिला र विपन्न समुदाय सबैभन्दा पीडित : वनमन्त्री

काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको बताउनुभएकाे हाे।

तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको उहाँकाे भनाइ छ । उहाँले समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको बताउनुभयो ।

जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको बताउनुभयो । जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गर्नुभयो । नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको भएको बताउनुभयो । न्यून कार्बन उत्सर्जन गर्दागर्दै पनि नेपालले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको बताउनुभयो ।

मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिव दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको बताउनुभयो । जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास आउँदा ठूलो समस्या भइरहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार