प्रेमप्रसादको परिवारसामु गृहमन्त्रीको प्रतिवद्दता– पदमा रहेपनि नरहेपनि न्याय दिलाउछु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रेमप्रसादको परिवारसामु गृहमन्त्रीको प्रतिवद्दता– पदमा रहेपनि नरहेपनि न्याय दिलाउछु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफु पदमा रहेपनि नरहेपनि आत्मदाह गरेका प्रमेप्रसाद अचार्यलाई न्याय दिलाउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

आज सिंहदरबारमा आचार्यका परिवार सँगको भेटमा लामिछानेले यस्तो बताउनुभएको हो ।

‘म पदमा रहुँला या नरहुँला, तपाईहरुका माग सम्बोधन गराउन, तपाईहरुलाई न्याय दिलाउन म प्रतिवद्द छु, हुनेछु’ लामिछानेले आचार्यका परिवारसँग भन्नुभयो । ‘मन्त्री ज्यूले हामीलाई विश्वास दिलाउनुभएको छ,’आचार्यका परिवारका एक सदस्यले भने ।

मन्त्री लामिछानेको यो अभिव्यक्तिले सर्वोच्च अदालतमा लामिछानेविरुद्दको मुद्दामा सुनुवाई जारी रहँदा स्वयंम लामिछानेलाई नै आफ्नो पद जोगिनेमा शंका रहेको बुझीएको छ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ ।

जारी सुनुवाइमा कानुन व्यवसायीको बहस सकिएसँगै न्यायाधिशहरु अहिले छलफलमा जुटेका छन् । सर्वोच्च स्रोतका अनुसार आजै अन्तिम फैसला आउने सक्ने सम्भावना छ । मुद्दाको फैसला आजै आउन सक्ने भएपछि सम्भावित भिड जम्मा हुन नदिन रामशाह पथको सुरक्षाव्यवस्था कडा पारिएको हो ।

मुद्दाको सुनुवाई सकिएर न्यायाधीशहरु छलफलमा रहेको खबर बाहिरिएपछि सर्बोच्च अदालत वरिपरी सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);