पद जोगिनेमा गृहमन्त्री आफैलाई शंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पद जोगिनेमा गृहमन्त्री आफैलाई शंका

काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्दको मुद्दामा सुनुवाई जारी रहँदा स्वयंम लामिछानेलाई नै आफ्नो पद जोगिनेमा आशंका उत्पन्न भएको देखिएको छ ।

सर्वोच्चमा अहिले लामिछानेको मुद्दामा न्यायाधिशहरु छलफलमा रहँदा लामिछाने भने केहि समय अघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेट्न पुग्नुभएको थियो । उहाँले प्रेमका परिवारलाई भेटेर आफु पदमा रहेपनि नरहेपनि न्यायका लागि लडिरहने प्रतिवद्दता व्यक्ति गर्नुभएको छ । उहाँको यो अभिव्यक्तिले उहाँ आफैमा पद नरहने डर बढेको बुझीएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ ।

जारी सुनुवाइमा कानुन व्यवसायीको बहस सकिएसँगै न्यायाधिशहरु अहिले छलफलमा जुटेका छन् । सर्वोच्च स्रोतका अनुसार आजै अन्तिम फैसला आउने सक्ने सम्भावना छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);