काठमाडौं, १३ माघ । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभा कक्षमा बस्ने बैठकमा छलफलका लागि नागरिक उड्डयन विज्ञहरुलाई बोलाइएको छ ।
बैठकमा वायुयान दुर्घटनाको सन्दर्भमा हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन अवलम्वन गर्नुपर्ने उपायका बारेमा छलफल हुनेछ ।